नेपालमा सफल भएको फिल्म ‘मारूनी’ले अब भने विदेश प्रदर्शन सुरु हुने भएको छ। फिल्मले जापानबाट आफ्नो विदेश प्रदर्शन सुरु गर्न लागेको हो। यही नोभेम्बर ३० तारिकमा जापानमा शो गरिने निर्मात्री पुनम गौतले बताएकी छन्।

३० तारिकमा जापानको नागोयामा, डिसेम्बर ७ मा ओसाका र त्यसको केही दिनमा नै टोकियोमा पनि फिल्म प्रदर्शन गर्ने आयोजक मध्येका एक विनोदकुमार सापकोटाले बताए। फिल्म प्रदर्शनको लागि निर्मात्री पूनमसँगै नायक पुष्प खड्का पनि जापान पुग्नेछन्।
जापान रिलिजपछि अष्ट्रेलिया, अमेरिका, लण्डनलगायत देशहरुमा फिल्म प्रदर्शन हुने बताइएको छ।
नवल नेपाल निर्देशित यस फिल्मले तेस्रो लिङ्गीको कथालाई प्रस्तुत गरेको छ। फिल्ममा पुष्पसँगैसाम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङको मुख्य भूमिका रहेको छ।