नायिका शिल्पा पोखरेललाई पक्राउ नगर्ने आन्तरिम आदेश खारेज भएको छ। बहु-बिबाहको मुद्दामा नायिका शिलपासँगै निर्माता छविराज ओझालाई पक्रन जिल्ला अदालतले आन्तरिम आदेश जारी गरेको थियो।

उक्त आदेशपछि नायिका शिल्पा पोखरेलले आफूलाई पक्राउ नगर्न सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन्। मंगलबार न्यायाधीस ईश्वर खतिवडा र मनोजकुमार शर्माको इजलासले उक्त रिट खारेज गर्ने निर्णय गरेको हो।
फिल्म निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको विवाद चलिरहेको थियो। त्यहीँ समय छवि ओझाको जोठी श्रीमति हेमा कुमारी ओझाले यी दुई विरुद्ध बहु-बिबाहको मुद्दा हालिन्। उक्त मुद्दा दर्ता भएपछि जिल्ला अदालतले छवि-शिल्पालाई छानविनको लागि पक्राउ पुर्जि जारी गर्यो।

शिल्पाले गत साउन २९ गते आफूलाई प्रकाउ नगर्न निवेदन दिएकी थिइन्। भदौ १ गते अदालतले शिल्पालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेशपछि नायिका शिल्पा विभिन्न कार्यक्रमहरुमा खुल्लम-खुल्ला हिडिरहेकी थिइन्। निर्माता छविराज भने गुपचुप छन्। अब भने नायिका शिल्पा र छविलाई पक्रन बाटो खुलेको छ।