नायिका आंचल शर्माले यसै वर्ष बिबाह गर्ने तयारी गरिरहेकी छिन्। गत एक वर्षदेखि प्रेममा रहेकी आंचलले बिबाहको तयारी गरेकी हुन्। उनी गत वर्षदेखि डाक्टर उदिप श्रेष्ठको प्रेम थिइन्। त्यहीँ प्रेमलाई उनले बिबाहमा परिणत गर्न लागेकी हुन्।

आंचलका अनुसार यसै वर्षको फाल्गुणमा उनीहरुले बिबाह गर्ने तयारी गरिरहेका छन्। आंचलको परिवार र उदिपको परिवारले पनि यस बिबाहलाई स्विकारेको छ। आंचल र उदिपको परिवारमा आउने जाने पनि सुरु भइसकेको छ।
नायिका आंचलले उदिपसँगको प्रेम लामो समय लुकाइन्। तर, अहिले भने उनीहरुको प्रेम खुल्लम खुल्ला छ। सामाजिक संजालमा पनि उनीहरुको तस्विर सार्वजनिक भइरहेको हुन्छ।
नायिका शर्माले अहिले ‘झिंगे दाउ’ फिल्मकाम काम गर्ने तयारी गरिरहेकी छिन्। बिबाह अगाडि अन्य राम्रो फिल्मबाट अफर आएर काम गर्ने आंचलको योजना रहेको छ।