खिलाडी नायकको रुपमा परिचित बलिउड अभिनेता अक्षय कुमार हरेक विधाका फिल्ममा आफूलाई अब्बल सावित गरेका छन्। अक्षयलाई विषेशगरी एक्सन फिल्ममा रुचाइन्छ। कमेडी र पारिवारिक कथामा पनि अक्षयलाई देख्न सकिन्छ।

अक्षय भने आफूलाई एक्सन फिल्ममा काम गर्न मन पर्ने बताउँछन्। एक मिडियामा अन्तरवार्ता दिँदै उनले भनेका छन्, ‘मैले धेरै विधाको फिल्ममा काम गरेको छु। तर, मलाई विशेषगरी एक्सन फिल्ममा काम गर्न मन पर्छ। एक्सन फिल्ममा काम गर्दा मलाई अनन्द मिल्छ।’
एक्सन फिल्ममा काम गर्दा प्रतेक फिल्ममा घाइते हुने अक्षय बताउँछन्। उनले थपे, ‘मेरो प्रतेक एक्सन फिल्ममा काम गर्दा म घाइते भएकै हुन्छ। घाइते नभई सुटिङ सकिएको कुनै एक्सन फिल्म छैन होला।’
हालै अक्षय फिल्म सुर्यवंशीको छायांकन सकाएका छन्। रोहित सेट्ठीको निर्देशनमा बनेको यस फिल्म पनि एक्सन फिल्म हो। यस फिल्ममा काम गर्दा पनि आफू घाइते भएको अक्षयले सुनाए। क्लाइमेक्सको एक्सन दृष्यमा काम गर्दा उनलाई दाहिने हातमा चोट लागेको थियो।
‘क्लाइमेक्स छायांकन चलिरहेको थियो। फाइट हान्दा म चिप्लिए। अनि दाहिने हात्मा चोट लाग्यो’, अक्षयले भने, ‘मेडिकल ट्रिटमेन्ट लिएर केही समय आरम गरेपछि बल्ल छायांकन सुरु गरे।’
सुर्यवंशीको क्लाइमेक्समा ‘सिंघम’ स्टार अजय देवगण, ‘सिम्बा’ स्टार रणवीर सिंहलाई पनि देख्न पाइने छ। फिल्ममा अक्षयको जोडी बनेर नायिका कट्रिना कैफ देखिँदैछिन्।