फिल्म ‘दि कर्मा’को अफिसियल पोस्टर सार्वजनिक भएको छ। माघ १७ गतेलाई रिलीज मिति तोक्दै फिल्मको पोस्टर सार्वजनिक गरिएको हो। प्रचार प्रसारका पहिलो सामग्री स्वरुप पोस्टर रिलीज गरिएको निर्माता जयराज रायले बताए।
फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन्। नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको फिल्मको कथा निर्माता जयराज राय आँफैले लेखेका हुन्। शुशील पोखरेलको पटकथा तथा संवाद रहेको फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन्।

‘जय मिडिया म्यानेजमेन्ट’ र ‘श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्ट’को ब्यानरमा बनेको ‘दि कर्मा’मा रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडाको पनि लगानी रहेको छ। फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन्।
फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो। भारतका मोडल तथा कलाकार करण वर्माको मुख्य भूमिका रहेको यस फिल्ममा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्धि तामाङ, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतको अभिनय रहेको छ।