फिल्म ‘सेल्फी किङ’को पोस्टर सार्वजनिक भएको छ। माघ २४ गतेलाई रिलिज मिति पक्का गर्दै निर्माण पक्षले पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य अभिनेता विपिन कार्कीमात्र फिचर छन्।

विशाल सापकोटाको निर्देशनमा तयार भएको यस फिल्मले हाँस्य कलाकारको कथालाई प्रस्तुत गरेको छ। एक कलाकारले कला यात्राको दौरान आफूले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षलाई फिल्ममा देखाइएको छ।
सुभाष थापा र दिनेश राउतको निर्माण रहेको फिल्ममा लक्ष्मी वर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहेको छ। नायिका केकी अधिकारीले यस फिल्ममा अतिथि भूमिका निर्वाह गर्नेछिन्।