नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठले लगतार एकपछि अर्को फिल्ममा सहकार्य गरिरहेका छन्। अब पुन: यो जोडीले नयाँ फिल्ममा काम गर्ने भएको छ। जय शम्भु निर्देशन गरेका निर्देशक रुपेश थिङको नयाँ फिल्म ‘मन परेपछि पर्यो पर्यो’मा एकसाथ काम गर्न लागेका हुन्। बुधबार निर्माण पक्ष र उनीहरुबीच सम्झौता भइसकेको छ।

‘रामकाहानी’बाट सुरु भएको उनीहरुको सहकार्य ४ वटा फिल्ममा भइसकेको छ। उनीहरुले सम्हालिन्छ कहिले मन, पोइ पर्यो काले, सम्झना-विर्सनामा पनि एकसाथ काम गरेका छन्। यो उनीहरुको पाचौँ सहकार्य हो। फिल्ममा बुद्धि तामाङ, किरण श्रेष्ठ, कालु रानाको पनि अभिनय रहनेछ।
‘फोर्थ आइज् मुभीज प्रालि’ र ‘डिविआर मिडिया’को संयुक्त ब्यानरमा बन्ने फिल्मको छायांकन पुषको अन्तिम साताबाट हुनेछ। निर्माण टिमले फिल्मको रिलिज मिति पनि पक्का गरिसकेको छ। फिल्मले चैत २८ गतेलाई रिलिज मिति तय गरेको छ।
यसै मितिमा वर्षकै प्रतिक्षित फिल्म प्रेम गीत ३ रिलिज हुदैँछ। पूजालाई सफलता दिने प्रेम गीतको तेस्रो सिरिजसँग पूजा भिड्नेछिन्।