नयाँ वर्षलाई लक्षित गर्दै दुई फिल्मले रिलिज मिति पक्का गरेका छन्। फिल्म ‘प्रेम गीत ३’ ले यस अघि नै चैत ३० गतेलाई रिलिज मिति पक्का गरेको थियो। अब यसै मितिमा अर्को तेस्रो सिरिज पनि रिलिज हुने भएको छ। यस मितिमा रिलिज गर्नको लागि फिल्म ‘चपली हाइट ३’ तयार भएको छ।

प्रेम गीत ३ लाई वर्षकै प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ। दुई सफल सिरिज दर्शकलाई पस्किसकेको यस फिल्मको चर्चा पनि राम्रै चलिरहेको छ। उता, चपली हाइटले पनि दुई सफल सिरिज निर्माण गरिसकेको छ। त्यसैले यी दुई फिल्मको भिडन्त रोचक हुने देखिन्छ।
सन्तोष सेन र छेतेन गुरुङको निर्देशनमा बनिरहेको फिल्म प्रेम गीत ३ मा प्रदीप खड्का मुख्य भूमिकामा प्रस्तुत छन्। फिल्ममा शिव श्रेष्ठ, कृष्टिना गुरुङ, मनिष राउत लगयतको मुख्य भूमिका रहने छ।
त्यस्तै निकेश खड्काको निर्देशनमा बनेको चपली हाइट ३ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम लगायतले मुख्य भूमिका निर्वाह गरेका छन्।