फिल्म प्रेम गीत ३को छायांकन चलिरहेको छ। शुक्रबार फिल्मको पहिलो सेड्युलको छायांकन सकिएको छ। भव्य सेट बनाएर खिचिएको फिल्मको इन्डोरको सम्पूर्ण छायांकन सकिएको निर्माता सन्तोष सेनले फेसबुकमार्फत् जानकारी दिएका हुन्।

फिल्मको बाकीँ छायांकनको लागि निर्माण पक्ष मनाङ जानेछ। सन्तोषले लेखेका छन्, ‘चार महिनादेखि तयार गरिएको सेटमा फिल्मको आधा छायांकन सकेका छौँ। अब आधा भाग छायांकनको लागि हामी मनाङ प्रस्थान गरेको जानकारी गराउदछौँ।’
उनले फिल्मको आधा छायांकन सकिएको मात्र जानकारी दिएका छैनन्। फिल्मका मुख्य अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरेका छन्। जहाँ उनी राजाको भेषमा देखिन्छन्। शिव नायक प्रदीप खड्का र नव नायक मनिष राउतको पिता बनेका छन्।
सन्तोष सेन र छेतेन गुरुङको निर्देशनमा बनेको फिल्ममा कृष्टिना गुरुङ मुख्य अभिनेत्रीको रुपमा प्रस्तुत भएकी छिन्। फिल्मले चैतको २८ गतेलाई रिलिज मिति पक्का गरेको छ।