फिल्म ‘मारुनी’ जापानमा प्रदर्शन गरिएको छ। जापानको नागोया फुसीमा मिलिओन थिएटरमा यो फिल्मको प्रदर्शन गरिएको छ। फिल्मको जापान प्रदर्शनीका लागि नायक पुष्प खड्का र निर्मात्री पूनम गौतम जापान पुगेका छन्।

फिल्म हेर्नका लागि दर्शकको उपस्थिती राम्रो रहेको निर्मात्री पूनम गौतमले बताइन्। फिल्मलाई जापानमा विनोद कुमार सापकोटा र शर्मिला डंगोलले आयोजना गरेका हुन्।
नेपालमा समेत राम्रो प्रतिक्रिया पाएको फिल्मलाई जापानका दर्शकले पनि राम्रो प्रतिक्रिया दिएका थिए। फिल्मको शो जापानको टोकियो र ओसाकामा पनि हुने निर्मात्री गौतमले जानकारी दिइन्।
यसैविच, यो फिल्म अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ। डिसेम्बर २७ मा अष्ट्रेलियाको सिभिक थिएटर, हर्सभिलमा पनि यो फिल्मको प्रदर्शन हुन लागेको हो।
नवल नेपाल निर्देशित फिल्ममा पुष्पसँगै साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङको पनि मुख्य भूमिका रहेको छ। फिल्मले तेस्रो लिङ्गीको कथालाई प्रस्तुत गरेको छ।