फिल्म ‘झिंगे दाउ’को मुख्य भूमिकामा प्रस्तुत भएकी नायिका आँचल शर्माको गेटअप बाहिरिएको छ। फिल्ममा नायिका शर्मा फरक गेटअपमा देखिएकी छिन्।
सधै नै आधुनिक पहिरनमा फिल्ममा देखिँदै आएकी शर्मा यसपटक भने गाउँले महिलाको भूमिकामा छिन्। आँचलको यो गेटअपलाई दर्शकले मन पराउने अपेक्षा गर्न सकिन्छ।

फिल्मको पहिलो सेड्युलको छायांकन सकिएको छ। खोटाङको हलेसीमा गरिएको पहिलो सेड्युल सकिएको हो। हलेसीमा छायांकन सकेर यसको टिम भकुन्डेवेसीमा तयार भएको सेटमा काम गरिरहेको छ।
फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले फिल्मको काम राम्रो भएको बताएका छन्। देउजाले भने–‘हामीले हलेसीमा निकै राम्रोसँग काम सकेका छौ। भकुन्डेबेसीको लोकेशनमा पनि राम्रो काम हुने आशा छ।’ उनले फिल्मको कथाले मागे अनुसारको लोकेशन र सेट तयार पार्न कुनै कसर बाँकी नराखेको बताए।
फिल्ममा मुकुन भुषाल, केकी अधिकारी लगायतका कलाकारको पनि मुख्य भूमिका छ।