फिल्म ‘चपली हाइट ३’को धमाधम छायांकन चलिरहेको छ। निकेश खड्काको निर्देशनमा बनेको यस फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतले मुख्य भूमिका निर्वाह गरेका छन्।

यस्तैमा फिल्ममा अर्का कलाकारको प्रवेश भएको छ। फिल्ममा कलाकार अर्पण थापा थपिएका हुन्।
फिल्ममा अर्पण थपिएसँगै निर्माता अर्जुन कुमारले अर्पणको लुक्स पनि सार्वजनिक गरेका छन्। लुक्समा अर्पणलाई डरलाग्दो अवतारमा देखाइएको छ। अर्पणको गेटअप हेर्दा उनी फिल्ममा खलपात्रको भूमिकामा देखिन लागेको अड्कल लगाउन सकिन्छ।
फिल्मले चैत्रको २८ गतेलाई रिलिज मिति पक्का गरेको छ।