निर्देशक दिवाकर भट्टराई नयाँ फिल्म निर्देशनको तयारीमा छन्। फिल्मको नाम ‘तिमीसँगै हुने मन छ’ राखिएको छ।

फिल्मको लागि नायिका दीपिका प्रसाईं पक्का भइसकेकी थिइन्। तर, फिल्ममा नायक को हुने भन्ने पक्का भएको थिएन। अब भने फिल्मको लागि दुई नायक पनि पक्का भएका छन्।
फिल्ममा नायक पल शाह र मोडल निराजन प्रधानले काम गर्ने पक्का भएको छ। नायक पल शाह फिल्म ‘हृदयभरी’को छायांकनमा व्यस्त छन् भने उनले हालसालै फिल्म ‘म यस्तो गीत गाउँछु २’को छायांकन सकाएका छन्।
दिवाकर र दीपिका भने यतिबेला अमेरिका पुगेका छन्। फिल्मको छायांकन फागुणबाट सुरु हुने बताइएको छ।