फिल्म ‘दि कर्मा’को अफिसियल टिजर रिलिज भएको छ। टिजरमा फिल्मका मुख्य कलाकारहरु परमिता राज्यलक्ष्मी राणा, नीता ढुंगाना, करण वर्मा र बुद्दी तामाङलाई देख्न सकिन्छ।

टिजरमा नायिका राणालाई निकै बोल्ड भूमिकामा देखाइएको छ भने नायिका ढुंगाना र नायक वर्मालाई भने एक्सन अवतारमा देखाइएको छ। बुद्धि तमाङको लुक्स पनि फरक छ।
माघ १७ गते रिलीज हुने यस फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन्। ‘जय मिडिया म्यानेजमेन्ट’ र ‘श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्ट’को ब्यानरमा बनेको ‘दि कर्मा’लाई निर्माता जयराज राय हुन्। ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो।
जयराज रायसँगै फिल्ममा श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन्। रामेश्वर कार्कीको छायांकन रहेको फिल्मलाई नेपालको तराई क्षेत्रमा खिचिएको छ।
‘दि कर्मा’ नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको निर्माता जय राज रायले बताए। नेपाल रिलीजसँगै अन्य मुलुकहरुमा पनि यो फिल्म रिलीज गरिने अर्का निर्माता श्रीदेवले बताए।