प्रतिक्षीत फिल्मको रुपमा हेरिएको फिल्म ‘प्रेम गीत ३’ले प्रेम अर्थात् नायक प्रदीप खड्काको बाल्यकालको भूमिका निर्वाह गरेका कलाकार अनुभव रेग्मी र गीत क्यारेक्टरकी मुख्य नायिका क्रिस्टिना गुरुङको बाल्यकालको भुमिकामा काम गरेकी योगिशा खत्रीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ।

पोस्टरमा उनीहरुलाई निकै फरक गेटअपमा प्रस्तुत गरिएको छ। पोस्टरमा निर्माण टिमले गरेको मेहनत प्रशंसनिय छ।
छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरिरहेको फिल्मको अहिले मनाङमा छायांकन भइरहेको छ। चैतको २८ गते रिलिज हुने भनिएको यस फिल्मलाई सन्तोले नै निर्माण गरेका हुन्।
फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतको पनि अभिनय रहने छ।