फिल्म ‘ग्याङ्गस्टार ब्लुज’बाट डेब्यु गरेका नायक हुन्, आशिरमान देशराज जोशी। आशिरमान अभिनित पहिलो फिल्मले बक्स अफिसमा खासै कमाल गर्न सकेन। उक्त फिल्म असफलतासँगै आशिरमानलाई पहिलो गासमा नै ढुंगा पर्यो।

यस फिल्मपश्चात आशिरमानलाई फिल्मको अफर भने धेरै आए। तर, आशिरमानले सबै नकारे। पछि ‘ग्याङ्गस्टार ब्लुज’ निर्देशक हेमराज विसीकै निर्देशनमा ‘द ब्रेकअप’मा काम गरे। गत फागुनमा रिलिज भएको उक्त फिल्मले पनि आशिरमानलाई सफलता दिएन।
डेब्यु फिल्मपश्चात आशिरमानलाई सम्भावना बोकेको कलाकारको रुपमा हेरिएको थियो। आशिरमानको फ्यान फलोइङ पनि राम्रै थियो। तर, बिडम्बना उनको फ्यान फलोअर्स हलसम्म पुगिदिएनन्। उनको दुबै फिल्म अफसल भए।
लगतार दुबै फिल्मबाट सफलता नपाएपछि अहिले आशिरमान खाली छन्। उनले अहिले कुनै पनि फिल्ममा काम गर्ने तयारी गरिरहेका छैनन्। आशिरमान माथि प्रश्न पनि उठिरहेको छ, ‘के आशिरमानले आफ्नै लागि ब्रेक लिएका हुन् त ? कि फिल्म पाइरहेका छैनन् ?