फिल्म ‘चालबाज’को निर्माण हुने भएको छ। आइतबार दार्जिलिङको मिरिकमा फिल्मको शुभमूर्हत पनि गरिएको छ। फिल्मको छायांकन भने भोलीदेखि सुरु हुनेछ।

कैलाश राइले निर्देशनमा बन्ने यस फिल्ममा केकी अधिकारी, बुद्धि तामाङ, अविनाश प्रधान, महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङको मुख्य भूमिका रहनेछ।
यो फिल्मलाई सस्पेन्स लभ स्टोरी कथामा निर्माण गर्न लागिएको निर्माणपक्षले जानकारी दिएको छ।
सौरभ इन्टरनेन्मेन्ट र बालाली प्रोडक्शनको ब्यानरमा बन्ने यस फिल्ममा अरुण तामाङको लगानी रहने छ। फिल्ममा सौरभ लामाको छायांकन, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत रहनेछ।