नायिका नीता ढुंगानालाई बेहुली बन्ने मन भएको छ। उनले आफ्नो फेसबुकमा एक फोटो पोष्ट गर्दै क्याप्सनमा आफूलाई बेहुली बन्ने मन भएको लेखेकी छिन्।

उनले फेसबुकमा बेहुलीको भेषमा फोटो पोष्ट गरेकी छिन्, र लेखेकी छिन्, ‘तिम्रो घरमा बेहुली भएर आउने मन छ।’ नीताले कुनै अज्ञात व्यक्तिको घरमा बेहुली भएर आउन मन लागेको उल्लेख गरेकी छिन्। नीताको यो स्टाटसले उनलाई विवाहको रहर जागेको बुझ्न सकिन्छ।
विवाहको महिनाको रुपमा चिनिने यस महिनामा नीतालाई पनि विवाहको रहर लाग्नु स्वभाविक पनि हो। उमेर पनि त पुगिसकेको हुनाले पनि नीतामा रहर बढेको हुनुपर्छ।
 
                                                                                               







 
			   
			   
			   
			   
			  