फिल्म ‘दबंग ३’ रिलिजको तयारीमा छ। सफल फिल्म दबंगको तेस्रो सिरिज दबंग ३ मा पनि सलमान खानले नै मुख्य भूमिका निर्वाह गरेका छन्। फिल्ममा सलमान चुलबुल पाण्डेको भूमिकामा देखिएका छन्।
यस फिल्ममा खलपात्रको रुपमा किच्चा सुदीपले काम गरेका छन्। फिल्ममा उनले बलीको भूमिका निर्वाह गरेका छन्। फिल्ममा यी दुईको भिडन्त देख्न सकिन्छ।
यस्तैमा फिल्मको एक एक्सन टिजर सार्वजनिक भएको छ। जहाँ चुलबुल र बलीलाई भर्सेस देखाइएको छ। फिल्ममा उनीहरुबीच हुने भिडन्तलाई टिजरमा प्रस्तुत गरिएको छ।
सार्वजनिक टिजर हेर्दा निकै आकर्षक लाग्छ। एक्सन दृष्यको लागि गरिएको मेहनत पनि प्रशंसनिय छ। सलमान र सुदीप बीचको द्वन्द्व र उनीहरुको रिसाह अवतारलाई पनि भव्य रुपमा देखाइएको छ।
वर्षकै प्रतिक्षित फिल्मको रुपमा हेरिएको यस फिल्ममा सोनाक्षी सिंहले पनि प्रमुख भूमिका निर्वाह गरेकी छिन्। ‘सलमान खान फिल्मस्’को व्यानरमा बनेको फिल्मलाई प्रभु देवाले निर्देशन गरेका हुन्।