.jpg)
फिल्म ‘नीरफूल’ले नयाँ रिलिज डेट तय गरेको छ। आउँदो फागुन ३० गतेलाई फिल्मले आफ्नो रिलिज मिति पक्का गरेको छ। गत भदौ २७ मै रिलिज हुने भनिएको फिल्म पोस्ट प्रोडक्सनको ढिलाईको कारण फागुनमा सरेको हो।
भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित फिल्म संचारकर्मी फूलमान वलले निर्देशन गरेका हुन्।
फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय गरेका छन्। फिल्ममा अभिनेत्री रेखा विशेष भुमिकामा छिन् भने रंगकर्मी शान्ति वाइबाको यो डेब्यु फिल्म हो।
गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्मको पटकथा निर्देशक वल स्वयं र सचिन घिमिरेले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन्।
फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता भने डोमा सोनाम हुन्। निर्माताको रुपमा माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, रोज लामा, दिनेश लम्तरी मगर, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन्।
प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन्।