नायिका केकी अधिकारीले फिल्म ‘चालबाज’मा काम नगर्ने भएकी छिन्। छायांकनरत फिल्म झिंगे दाउको सेड्युल नसकिएकाले उनले उक्त फिल्ममा काम नगर्ने भएकी हुन्।
यस्तैमा निर्माण पक्षले फिल्मको लागि नायिका वर्षा सिवाकोटीलाई पक्का गरेको छ। केकीले फिल्म नगर्ने भएपछि निर्माण पक्षले वर्षालाई भित्राएको हो।
केही दिन अगाडि मात्र नायक अविनाश प्रधानलाई रिप्लेश गर्दै नायक पुष्प खड्के फिल्ममा इन्ट्रि मारेका थिए। अहिले पुन: केकीलाई रिप्लेश गरेर वर्षा अनुवन्धित भएकी छिन्। अब फिल्मका पुष्प र वर्षाले जोडी बाध्नेछन्।
पुष्प र वर्षा दुबैले फिल्मको सेट जोइन गरेका छैनन्। केही दिनमा नै उनीहरुले फिल्मको छायांकन सुरु गर्नेछन्। अहिले अन्य कलाकारहरुको दृष्य छायांकन भइरहेको छ। फिल्ममा बुद्धि तामाङको पनि मुख्य भूमिका रहने छ। अहिले बुद्धिको धमाधम छायांकन चलिरहेको छ।
दार्जिलिङमा छायांकन भैरहेको फिल्मलाई कैलाश गुरुङले निर्देशन गरिरहेका छन्। अरुण तामाङको लगानी रहेको फिल्मका छायांकार सौरभ लामा हुन्।