फागुन ९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘आमा’ को ट्रेलर सार्वजनिक भएको छ। बिहिबार सार्वजनिक गरिएको ट्रेलरमा आमाप्रतिको मायालाई देखाइएको छ। ट्रेलरले जो कोहीलाई भावुक बनाउँछ।
फिल्मको शिर्ष भूमिकामा मिथिला शर्माको अभिनय रहेको छ। उनको छोरीको भूमिकामा नायिका सुरक्षा पन्तले काम गरेकी छिन्। फिल्ममा सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, पदम प्रसाद पौडेल लगायतको मुख्य भूमिका छ।
दिपेन्द्र के खनालले निर्देशन गरेको फिल्ममा उनकै लेखन तथा छायांकन रहेको छ। डीएस डीजीटलको ब्यानरमा निर्माण भएको फिल्ममा शर्मिला पाण्डेको लगानी रहेको छ। फिल्ममा दिर्घ खड्काको सम्पादन, सुवाष भुषालको संगीत रहेको छ।