
फिल्म ‘सम्झना विर्सना’को धमाधम छायांकन भइरहेको छ। फिल्मको गीत बाहेकका दृष्यहरुको छायांकन सकिएको छ। अब गीतको छायांकनमात्र बाकीँ रहेको छ।
फिल्मको मुख्य भूमिका निर्वाह गरेका पूजा शर्मा र आकाश श्रेष्ठको केही तस्विर सार्वजनिक भएका छन्। फिल्ममा उनीहरुलाई बुढ्यैली रुपमा प्रस्तुत गरिएको छ। त्यहीँ बुढ्यैली रुप उनीहरुले सामाजिक संजालमार्फत् सार्वजनिक गरेका हुन्।
सार्वजनिक तस्विर हरेर पूजा र आकाश बिबाहित जोडी भएको बुझ्न सकिन्छ। बुढ्यैलीपनको मायालाई पनि फिल्ममा देखाइएको हुन सक्छ।
निमेश प्रधानको निर्देशनमा बनेको यस फिल्ममा शिशिर राणा, छुल्ठिम गुरुङको पनि मुख्य भूमिका रहेको छ। फिल्मलाई आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन्। फिल्मको छायांकन सिलगुडी, दार्जिलिङ्ग र सिक्किममा गरिएको छ।