नायिका दीपिका पादुकोण अभिनित फिल्म ‘छपाक’ रिलिजको तयारीमा छ। एसिड पिडित महिलाको कथामा निर्माइ भएको यस फिल्मलाई प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ।

तर, यस फिल्मलाई लिएर अहिले विवाद सुरु भएको छ। लेखक राकेश भारतीले ‘छपाक’लाई मुद्दा हालेका छन्। उनले यस फिल्मको स्कृप्ट आफूले लेखेको र छपाकले त्यसलाई कपी गरेर तयार गरेको दाबी गरेका छन्।
उनले भनेका छन्, ‘सबैभन्दा अगाडि यो फिल्मको स्क्रिप्टको बारेमा मैले सोचेको थिए। यसको नाम पनि ‘काला दिन’ राखिएको थियो।’
लेखक भारतीले सन् २०१५ मा इन्डियन मोशन पिक्चर प्रोड्यूसर एसोसिएशनमा फिल्मको रजिस्टर गरेको समेत बताएका छन्। उनले फक्स स्टार स्टूडियोलाई पनि अप्रोच गरेको बोलेका छन्। फिल्मको काहानी त्यहाँ सुनाएपछि त्यसमा छपाक बनाइएको उनको आरोप छ।
आफ्नो कथामा फिल्म बनेपछि राकेशले निर्मातासँग पनि कुरा गरेका थिए। तर, निर्माताले कुरालाई वास्ता नगरेपछि आफूले मुद्दा हाल्न परेको उनको भनाई छ। उनले लेखकमा आफ्नो नाम राख्नु पर्ने माग राखेका छन्।