आगमी वर्षको दशैंमा फिल्म ‘छक्का पञ्जा ४’ रिलिज हुने भएको छ। तीन सफल सिरिज बनाएको ‘छक्का पञ्जा’ टिमले आगमी दशैंलाई लक्षित गर्दै आफ्नो चौथो सिरिज निर्माण गर्न लागेको हो।

फिल्म दशैंमा रिलिज हुने वितरक करण क्रेजीले जानकारी दिएका हुन्। उनले फेसबुकमा एक तस्विर पोष्ट गर्दै आगमी दशैंमा फिल्म रिलिज हुने बताएका छन्।
फिल्मका लेखक,निर्माता तथा कलाकार दीपकराज गिरी आफूहरु फिल्म बनाउन तयार भएको बताएका छन्। अहिले दीपक फिल्मको कथा लेखिरहेका छन्। यस फिल्मको कथाले छक्का पञ्जा ३ को कथालाई निरन्तरता दिने उनको भनाई छ।
दीपाश्री निरौलाले नै निर्देशन गर्ने यस फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपालको मुख्य भूमिका रहने छ। नायिका भने पक्का भइसकेकी छैनन्।
यस वर्ष यस टिमले ‘छ माया छपक्कै’ निर्माण गरेको थियो।