
नायिका वर्षा सिवाकोटीले फिल्म चालबाजको छायांकन सेट जोइन गरेकी छिन्। बिहिबारबाट उनले फिल्मको छायांकन सुरु गरेकी छिन्। फेसबुकमा तस्विर सेयर गर्दै वर्षाले चालबाजको छायांकन सुरु गरेको जानकारी दिएकी छिन्।
यस फिल्म चलबाजको लागि वर्षा दोस्रो छनोट हुन्। यसअघि फिल्ममा केकी अधिकारी पक्का भएकी थिइन्। पछि केकीको समय नमिल्ने भएपछि वर्षा यस फिल्ममा भित्रिएकी हुन्।
अरुण तामाङको लगानीमा बनिरहेको यो फिल्मलाई कैलाश गुरुङले निर्देशन गरिरहेका छन्। फिल्मको छायांकन दार्जिलिङमा भैरहेको छ। सौरभ लामा यो फिल्मका छायांकार हुन्।
फिल्ममा पुष्प खड्का, वुद्धि तमाङ लगायतको मुख्य भूमिका रहने छ।