फिल्म ‘दि कर्मा’को ट्रेलर सार्वजनिक भएको छ। बुधबार सार्वजनिक गरिएको ट्रेलरलाई एक्सनमय बनाइएको छ।

ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु करण वर्मा, परमिता आरएल राणा, नीता ढुंगाना, बुद्धि तामाङलाई देख्न सकिन्छ। ट्रेलर हेर्दा परमिता र बुद्धिलाई नेगेटिभ भूमिकामा रहेको अनुमान गर्न सकिन्छ। नीता र करण भने फिल्ममा जोडी बनेकका छन्।
माघ १७ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन्।
‘जय मिडिया मेनेजमेन्ट’ र ‘श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्ट’को ब्यानरमा बनेको फिल्मलाई जयराज राय, श्रीदेव बिएल र निशा खतिवडाले निर्माण गरेका हुन्। फिल्ममा सारदा खड्का अर्याल सह निर्माताको रुपमा रहेकी छिन्।