फिल्म ‘लभ डायरिज’को नयाँ गीत सार्वजनिक गरिएको छ। सोमबार एक कार्यक्रमको आयोजना गर्दै ‘छम छम’ बोलको गीत सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेले स्वर दिएका छन्। कमलाको स्वर भने गीतको अन्त्यमा दोहोरी भाकामा राखिएको छ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुशील र रुविना थापा, विश्वजीत रिमालसँगै टिकटकबाट चर्चामा आएका ट्विनी गर्ल प्रन्सी खतिवाडा र प्रिज्मा खतिवाडा, बाल गायिका कमला घिमिरे लगायतलाई फिचर गरिएको छ। भिडियोमा एन्जिला खत्री र विक्रम लामाको करियोग्राफी रहेको छ।
भ्यालेन्टाइन्स डेलाई लक्षित गर्दै फागुन २ गते रिलिज हुन लागेको यस फिल्मलाई सौरभ चौधरीले निर्देशन गरेका हुन्। शाहिल खान फिल्ममा एसोसियट निर्देशकका रुपमा रहेका छन्।
मधु बास्तोलाको कथा र पटकथा रहेको फिल्ममा विनोद सापकोटा निर्माता र सरोज तुलाधरको सह निर्माता रहेका छन्।