विराज भट्टको डेब्यु निर्देशनमा तयार भएको फिल्म ‘साङ्लो’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलर निकै एक्सनप्रधान बनाइएको छ। ट्रेलरमा नायक विराज भट्टको एक्सन निकै धमकेदार तरिकाले प्रस्तुत गरिएको छ। ट्रेलरमा फिल्मका प्राय: कलाकारलाई फिचर गरिएको छ।
फिल्ममा विराजसँगै निकिता चण्डक, जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त लगायतको मुख्य भूमिका छ।
माघ २४ गते रिलिज हुने फिल्ममा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत रहेको छ।
शिवम अधिकारीले लेखेको फिल्मलाई तेज बहादुर खड्काले निर्माण गरेका हुन्।