नेपाली फिल्म ‘कमान्डर’को ट्रेलर सार्वजनिक भएको छ। युट्युबमार्फत् सार्वजनिक गरिएको ट्रेलरमा द्वन्द्वलाई विशेष स्थान दिइएको छ।

ट्रेलरमा फिल्मका मुख्य दुई कलाकार अनुपविक्रम शाही र रविन तामाङबीच टक्कर परेको देख्न सकिन्छ। ट्रेलरमा अनुप प्रहरी अधिकृत र रविन तस्करको भूमिकामा प्रस्तुत भएका छन्।
एलआर विवेक सापकोटाको निर्देशनमा बनेको फिल्मले आफ्नो प्रदर्शन मिति पनि तय गरेको छ। ट्रेलरमा उल्लेख भए अनुसार यस फिल्म माघ १० गते रिलिज हुनेछ।
फिल्ममा अनुपविक्रम र रविनका साथमा ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, साधना सिलवाल, दिनेश केसी, कालु राना, तेजा ऐर तथा नव नायिका सगुन थापाको मुख्य भूमिका रहेको छ। ‘सुपेरियर फिल्मस्’को ब्यानरमा निर्माण भएको यस फिल्ममा निर्देशक एलआरकै लेखन र निर्माण रहेको छ। फिल्मका सह निर्मातामा सावन जंग राना हुन्।
दिब्य सुवेदीले खिचेको फिल्ममा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको संगीत छ।