सफल फिल्म ‘पर्खी बसेँ’को सिक्वोल निर्माण हुने भएको छ । गोपिकृष्ण मुभिजले नै यस फिल्मको सिक्वोल फिल्म निर्माण गर्न लागेको हो। शुक्रबारमात्र फिल्म निर्माणको समचार बाहिरिएको हो।

‘हिमालयन मुभी स्टूडियो’सँग सहकार्यमा गोपिकृष्णले बनाउन लागेको यस फिल्मलाई निकिता पौडेल र विनोद सापकोटाले निर्माण गर्न लागेका हुन्।
प्रदिप दाहाल र तिर्थ पौडेल सह–निर्माता रहेको फिल्मलाई सौरभ चौधरीले निर्देशन गर्नेछन्। निर्देशक चौधरीकै कथा रहेको फिल्म सांगीतिक प्रेमकथामा आधारित हुनेछ।
नायक राजवल्लभ कोइराला र नायिका यूना उप्रेतीको डेब्यू फिल्म ‘पर्खी बसेँ’ बक्स अफिसमा हिट भएको थियो। सिरिज फिल्ममा भने को कलाकार रहने भन्ने तय भइसकेको छैन्।