फिल्म ‘म यस्तो गीत गाउँछु २’ को दोस्रो गीत सार्वजनिक भएको छ। बिहिबार फिल्ममा समावेश ‘दुखको काँडा’ बोलको गीत सार्वजनिक गरिएको हो।
.jpg)
सार्वजनिक उक्त गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन्। देवल भण्डारीको शब्द रहेको गीतमा सनिष श्रेष्ठले स्वर दिएका छन्।
गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकार पल शाह र नायिका पूजा शर्मा फिचर छन्। भिडियोमा उनीहरुको प्रेमलाई देखाइएको छ। रामजी लामिछानेको करियोग्राफीमा तयार भएको भिडियोको मेकिङ पनि राम्रो छ।
लभ स्टोरी जनरामा निर्माण भएको यस फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका छन्। फागुन २३ गते रिलिज हुने फिल्ममा सुदर्शन र पूजा निर्माताको रुपमा रहेका छन्।
जन्मजय र सम्पाङ राई सह-निर्माताको रुपमा रहेको फिल्मलाई सौरभ लामाले खिचेका छन्।