रिलिजपूर्व दीपिका पादुकोण स्टारर फिल्म ‘छपाक’लाई प्रतिक्षित फिल्मको रुपमा हेरिएको थियो। फिल्मको हाइप निकै उच्च थियो। फिल्मले उठाएको विषयबस्तुको निकै चर्चा भएको थियो।
अघिल्लो शुक्रबारबाट यस फिल्म रिलिज भइसकेको छ। तर, फिल्मले हलमा दर्शक भने पाएको छैन्। सँगै रिलिज भएको फिल्म ‘तानाजी’ले हाउसफुल दर्शक पाइरहेको समयमा छपाक हेर्ने दर्शक भने न्युन छन्। धेरैले फिल्म फ्लप भएको बताइरहेका छन्।
तर, नायिका तथा निर्मात्री दीपिका पादुकोण यस फिल्म फ्लप नभएको बताउँछिन्। सानो बजेटमा बनेको फिल्म भएकाले फिल्मले लगानी सुरक्षित गरेको उनले बताएकी छिन्। एक मिडियामा अभिब्यक्ति दिदैँ उनले भनेकी छिन्, ‘व्यापारिक हिसाबमा सोचेजस्तो नभए पनि हामीले धेरै माया पाएका छौँ। यो हाम्रो सफलता हो।’
मेघन गुल्जारको निर्देशनमा बनेको यस फिल्म वास्तविक घटनालाई प्रस्तुत गरेको छ। फिल्ममा एसिड पिडित युवती लक्ष्मी अग्रवालको कथालाई प्रस्तुत गरेको छ। फिल्मको विषयबस्तु दर्शकले रुचाएका छन्।







