नायिका प्रियंका कार्की अहिले थाइल्याण्डमा छिन्। नायक आयुष्मान देशराज जोशीसँग बिहे गर्ने तयारीमा लागेपछि प्रियंका ब्याचलर पार्टी मनाउन थाइल्याण्ड पुगेकी हुन्।
आफ्ना केही साथीको साथमा उनी ‘ब्याचलर पार्टी’ मनाउन थाइल्याण्ड पुगेकी हुन्। थाइल्याण्डमा पुगेकी प्रियंका र उनका साथीहरु सामाजकि संजालमा निकै सकृय देखिन्छन्।
सामाजिक संजालमा उनीहरुले ब्याचलर पार्टीका विभिन्न तस्विरहरु सार्वजनिक गरिरेहका हुन्छन्। तस्विर हेर्दा उनीहरुले त्यहाँ ‘क्वालिटि टाइम’ बिताइरेहको पत्तो पाउन सकिन्छ।
ब्याचलर पार्टीमा सहभागी सर्म्पूण युवतीहरु बोल्ड अवतारमा प्रस्तुत भएका छन्। नायिका कार्कीले साथीहरु ‘आफ्नो परिवार’ भनेकी छिन्। दैनिकजसो विभिन्न पोजमा प्रियंका तस्विरले सामाजिक संजालका भित्ताहरु भरिएका छन्।