गएको महिना मात्र आफ्नो पुस्तक ‘जुइनो’ विमोचन गर्न नेपाल आएर पुन अमेरिका फर्किसकेकी नायिका विनिता बरालले आफु प्रेम सम्बन्धमा रहेको खुलाएकी छिन् । उनका अनुसार स्याङ्जाका तिलक पौडेलसँग अहिले विनिता अफयेरमा रहेकी छिन् । उनले गएको ३ महिना देखी आफुहरु प्रेम सम्बन्धमा रहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘अहिले उहाँ अमेरिकामा पिएचडी गर्दै हुनुहुन्छ । अझ उहाँको पिएचडीको कोर्ष सकिन २ बर्ष बाँकी छ र त्यसपछि मात्र हामी विवाह गर्नेछौ ।’ उनले अगाडी थप्दै भनिन्, ‘म जुइनो विमोचन गर्न नेपाल आएपछि उहाँसँग मेरो कुरा हुन थालेको हो । हामी दुईले एकअर्काको कुरा सबै राम्रोसँग बुझेपछि मात्र प्रेम यात्रा सुरु गरेका हौं ।’ विनिताले आफ्नो सम्पुर्ण कुरा बुझ्ने भएका कारण तिलकसँग प्रेम सम्बन्ध गाँसेको पनि खुलाइन । विनिताले दिएको खबर अनुसार उनी अमेरिकाको एटलान्टा शहरमा बस्छिन् भने तिलक ओहायो शहरमा बस्छन् । विनिताले केही दिन अगाडी मात्र ओहायो पुगेर तिलकलाई भेटेकी थिइन । उनले भनिन्, ‘उहाँलाई भेटेर केही दिन अगाडी मात्र एटलान्टा आएको हुँ ।’