बलीउड कलाकारहरु फिल्म र वज्ञापन गरेर लाखौं–करोडौ कमाउने गर्छन । तर केही सेलिब्रेटीहरु यसको अलवा अन्य विजनेश पनि गर्ने गरेका छन्, जसबाट उनीहरुले करोडौं आम्दानी गर्ने गर्छन । बलीउडमा अन्नाको नामबाट चिनिने अभिनेता सुनिल सेट्टी रियल लाइफमा विजनेश म्यान समेत हुन् । त्यस्तै टिभीमा बिग बी भनेर नाम कमाएका रोनिय रायको एसिई नामको एक सेक्यूरेटी कम्पनी छ । यति मात्र होइन कयौं बलीउड सेलिब्रेटीहरु फिल्म भन्दा बाहिर अर्थात होटल व्यबसाय, गहनाको पसल लगाएत सञ्चालन गर्दै आइरहेका छन् ।
सुस्मिता सेन
सुस्मिता सेन मुम्बईमा बंगाली मासीज किचेन नामबाट आउटलेट चलाउँछिन् । यसको अलवा दुबईमा उनको ज्वेलरी रिटेल स्टोर पनि छ, जुन उनकी आमा सम्हाल्छिन् । सुस्मिताले तन्त्र इन्टरटेन्मेन्ट नामको प्रोडक्शन कम्पनी पनि लन्च गरिसकेकी छिन् ।
शिल्पा सेट्टी
शिल्पा सेट्टी भारतको बान्द्रा स्थित क्लब रोयल्टी नाइट बारकी मालिक्नी हुन् । उनले विजनेश म्यान राज कुन्द्रासँग केही बर्ष अगाडी मात्र विवाह गरेकी थिइन । शिल्पा आईपीएल टम राजस्थान रोयल्सको को–ओनर पनि हुन् । यसको अलवा उनले मुम्बईमा स्पा चेन पनि सुरु गरेकी छिन् ।
सुनिल सेट्टी
सुनिल शेट्टी मिस्चीफ डाइनिङ्ग बार र एचटुवको मालिक समेत हुन् । मुम्बईमा यसको कयौं ब्रान्च समेत छन् । सुनिलले आफ्नो विजनेश करिब एक दशकभन्दा पहिला देखी सुरु गरेका थिए । क्लब एचटुव सेलिब्रेटीको साथ–साथ अन्यमाझ पनि त्यतिक्कै फेमस छ । यसको लन्च आइलेन्ड आइस्ड निकै चर्चित छ । बार एण्ड क्लबको अलवा उनको आफ्नै प्रोडक्शन हाउस पनि छ । जसको नाम हो पपकोर्न इन्टरटेन्मेन्ट । कर्नाटकको उडुपीसहित धेरै देशहरुमा उनको होटल र रेस्टुराँहरु छन् । यसको अलवा उनको आफ्नै बुटक र कपडाको आफ्नै रेन्ज निकाल्ने गर्छन ।
मिथुन चक्रवर्ती
मिथुन चक्रवर्ती मोनार्क ग्रुप अफ होटल्सका मालिक हुन् । ऊटी, मसुरी देशमा यो होटलको शाखा रहेको छ । उनले यो होटल्सबाट करोडौं आम्दानी गर्ने गर्छन ।
शाहरुख खान
शाहरुख खानलाई बलीउडको किङ्ग भनेर त्यसै भनिदैन । शाहरुख सबैभन्दा बढी कमाई गर्ने र सफल अभिनेताको रुपमा आफ्नो नाम सधै लेखाइरहेका हुन्छन् । शाहरुख खान अभिनियको अलवा रेड चिलीज नामको एक प्रोडक्शन हाउस पनि चलाउँछन् । यसको अलवा शाहरुख आईपीएल नाइटराइडर्सका मालिक समेत हुन् ।
अजय देवगन
अजय देवगनले गुजरातमा चरनको सोलर प्रोजेक्टमा लगानी गरेका छन् । यो प्रोजेक्ट २०११ बाट सुरु भइसकेको छ ।
जोन अब्राहम
जोन अब्राहमले जेए नामबाट एक प्रोडक्शन हाउस खोलेका छन् । जसको अण्डरमा रहेर विक्की डोनर जस्ता फिल्महरु बनिसकेका छन् ।
चन्की पाण्डे
चन्की पाण्डेखारा मुम्बई स्थित द एल्बो रुम नामक एक रेस्टुराँका को–ओनर हुन् ।