फिल्म ‘लभ डायरिज’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। प्रेम कथामा निर्माण भएको फिल्मको ट्रेलरमा प्रेम, रोमान्स र विछोडलाई देखाइएको छ।
फिल्मका मुख्य दुई कलाकार सुशिल श्रेष्ठ र रविना थापाको वरिपरी फिल्मको ट्रेलर घुमेको छ। ट्रेलर निकै ‘रिच’ बनाइएको छ।
भ्यालेन्टाइन डेलाई लक्षित गर्दै फागुन २ गते रिलिज हुने यस फिल्मलाई सौरभ चौधरीको निर्देशन गरेका छन्। फिल्ममा सुशिल र रुविनासँगै विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतकाको अभिनय रहेको छ।
मधु बस्तोलाको कथा, पटकथा रहेको फिल्ममा शाहिल खान एसेसियट निर्देशकको रुपमा रहेका छन्। संजय लामाले खिचेको फिल्मलाई मिलन श्रेष्ठ र दीर्घ खड्काले सम्पादन गरेका छन्। विनोद सापकोटाले निर्माण गरेको फिल्ममा अर्जुन पोखरेलले संगीत दिएका छन्।