नायक सौगात मल्ल स्टारर फिल्म ‘मन्त्र’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक फर्स्टलुक पोस्टरमा कुनै पनि कलाकारलाइ स्थान दिइएको छैन। निर्माण पक्षले फिल्मको थिम बुझाउने हिसाबमा पोस्टर सार्वजनिक गरेको हो।
खिल बहादुर गुरुङको निर्देशनमा तयार भएको फिल्म ‘मन्त्र’ लभ स्टोरी जनराको फिल्म हो। फिल्मले हिमाली भेगको प्रेम कथा बोल्छ। फिल्ममा सौगात मल्ल, बुद्धि तामाङ, दिया पुन, नमिता घिसिङ, वीर बहादुर लामाको मुख्य भूमिका रहेको छ।
‘मुभी र्याक’को ब्यानरमा निर्माण भएको फिल्ममा मनोज राजभण्डारीको लगानी रहेको छ। देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की, सुरेश कार्की, वीरबहादुर लामा र सुभ श्रेष्ठ सह निर्मातामा रहेका छन्।संजय लामाले खिचेको फिल्मलाई मित्र डि.गुरुङले सम्पादन गरेका छन्। फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन्।