फागुनको २३ गते फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुदैँछ। सुदर्शन थापा निर्देशित फिल्ममा पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको छ। फिल्मको तीन गीत रिलिज भइसकेको छ। फिल्मको गीतलाई दर्शकले रुचाएका छन्।
तर, केही दिनदेखि फिल्मको रिलिज मिति माथि प्रश्न उठिरहेको छ। किनभने सोही मितिमा बलिउडको प्रतिक्षित फिल्म ‘बाघी ३’ रिलिज हुने भएपछि यस फिल्मको रिलिज मितिमा प्रश्न उठेको थियो।
रिलिज भएको दिन नै नेपालको पनि युट्युब ट्रेण्डिङको शिर्ष स्थानमा आफ्नो स्थान बनाएको फिल्म बाघी ३ सँग भिड्दा ‘म यस्तो गीत गाउँछु २’ लाई पक्कै गाह्रो हुनेछ। शो बाडिने छ। तर, नयाँ रिलिज डेट नपाउदा उनीहरु सर्ने अवस्थमामा छैनन्।
निर्देशक सुदर्शन थापा भने आफू यस मितिबाट पछाडि नहट्ने बताउँछन्। जहिल्यै विदेशी फिल्महरुसँग डराएर भाग्ने हो भने नेपाली फिल्म नै नबनाए हुने भन्दै उनी पछि नहट्ने बताउँछन्।
आफूहरु पनि हरेक पक्षबाट बलियो भएको भन्दै उनले पछाडि नहट्ने बताएका हुन्। गीत संगीतलाई दर्शकले रुचाएका कारण पनि उनीमा फिल्म चल्ने विश्वास बढेको हुन सक्छ।