कोरियन फिल्म ‘पारासाइट’ले ओस्कारमा उत्कृष्ट फिल्मको अवार्ड हात पार्यो। यो आफैँमा इतिहास बन्यो। आजसम्म कुनै पनि विदेशी भाषी फिल्मले ओस्कार जित्न सकेका थिएनन्। त्यसलाई चिर्दै कोरियन भाषी फिल्मले अवार्ड उचाल्यो।
‘पारासाइट’ले वेष्ट फिचर फिल्ममात्र जितेन, निर्देशक र स्कृप्टमा पनि अवार्ड उचाल्यो। महत्वपूर्ण विधामा पुरस्कार घोषणापछि फिल्मका निर्देशक बोंग जुन होले आफू निःशब्द भएको प्रतिक्रिया दिए।
फिल्म ‘पारासाइट’ दुई परिवारको कहानीमा आधारित भएर बनेको हो। फिल्ममा आर्थिक रुपमा सम्पन्न एक परिवार र एक गरिब परिवारबीच साउथ कोरियाको क्लास स्ट्रग्ल देखाइएको छ।
त्यस्तै, अस्कार अवार्डमा अभिनेता वकिन फिनिक्सले फिल्म ‘जोकर’ बाट बेस्ट एक्टरको अवार्ड जितेका छन्। फिल्म ‘जुडी गार्लेन्ड’मा आफ्नो परफर्मेन्सबाट दर्शकको मन जितेकी अभिनेत्री रीन ग्लेवेगरले बेस्ट एक्ट्रेसको अवार्ड जित्न सफल भएकी छन्।