झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘ए मेरो हजुर ४’को छायांकन सुरु गरिएको छ।
काठमाडौंको कार्यविनायक मन्दिरमा क्यामेरा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो। केही दृश्य काठमाडौंमा खिचेर आजै निर्माण टिम पोखरा जानेछन्।
प्रेम कथामा निर्माण हुन लागेको यस फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतको मुख्य भूमिका रहने छ। अनमोल र सुहानाले फिल्म ए मेरो हजुर ३ मा पनि एकसाथ काम गरेका थिए। यो जोडीलाई धेरैले रुचाएका छन्।
सुनिल कुमार थापाले निर्माण गर्ने यस फिल्मलाई पोखरा, काठमाडौं, ललितपुर, यूरोप र ओमानमा गरिने छ। फिल्मको सुटिङ सेड्युल ३० दिनको रहेको छ। फिल्मलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने योजना यसको निर्माण पक्षको छ।