नायक अनमोल केसीलाई ठगीको मुद्दा परेको छ। महानगरिय प्रहरी परिसर टेकुमा अनमोल बिरुद्दको मुद्दा दर्ता भएको छ।
आखिर कसले हाल्यो अनमोललाई ठगीको मुद्दा ? अनमोललाई ठगीको मुद्दा हाल्ने व्यक्ति हुन्, जयन श्रेष्ठ र रुपेन्द्र खड्गी। अनमोलले जयन र रुपेन्द्रले निर्माण गर्न लागेको फिल्म ‘धुपौरे’मा काम गर्ने लिखित सम्झौता भएको थियो। ४० लाख रुपैया पारिश्रमिकमा सहमति भएको यस फिल्मको लागि अनमोलले ५ लाख रुपैयाँ लिइसकेका थिए।
पछि अनमोलले फिल्मको स्कृप्ट चित्त नबुझेको भन्दै फिल्मबाट हात झिके। तर, पैसा फिर्ता गरेनन। फिल्मबाट हात झिकेर पनि आफूले दिएको पैसा फिर्ता नपाएपछि जयन र रुपेन्द्रले अनमोललाई मुद्दा हालेका हुन्।
निर्माताद्वयले अनमोलले आफूलाई ३० लाख घाटा लगाइदिएको समेत आरोप लगाएका छन्। प्राविधिकहरुलाई पनि अनमोलले पैसा दिनु भनेपछि सम्पूर्ण प्राविधिकहरुले केही पारिश्रमिक लिइसकेको उनको अरोप छ। अनमोल आफैंले जिम र अभिनय सिक्ने भन्दै थप २ लाख ५० हजार पनि लिएको निर्माताहरु बताउँछन्।
अनमोललाई प्रहरी कार्यलयमा बोलाएर छलफल गराउने यदि उनी उपस्थित नभएर कारबाहीको प्रक्रिया सुरु गर्ने प्रहरीले बताएका छन्।