गायिका मेलिना राई र गायक समिर सिंगकको आवजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ।
शनिबार सार्वजनिक गरिएको ‘पल्केर’ बोलको गीतमा डिपि खनालको शब्द रहेको छ। गीतमा शंकर थापा ‘स्माइल’ले संगीत दिएका छन्।
शान थापाको निर्देशनमा तयार भएको भिडियोमा एलिशा राई र किरण गुरुङ फिचर छन्। बुद्ध थापाले खिचेको भिडियोमा सुरेश काफ्लेले ड्रोन उडाएका छन्। भिडियो सम्पादनको काम सुप्रिम पराजुलीले गरेका छन्।
राजिव समरको नृत्य निर्देशन रहेको भिडियोलाई केन्द्र लिम्बुले निर्माण गरेका हुन्।
हेर्नुहोस् भिडियो :