नायक अनमोल केसीसँग जोडी बाँधेर फिल्म क्षेत्रमा डेब्यु गरेकी नायिका हुन्, अदिती बुढाथोकी। डेब्यु फिल्म ‘कृ’बाट उनको निकै तारिफ भएको थियो। तर, अदिती बीचमा केही समय मुम्बाई पुगिन्।
बलिउड प्रवेश गर्ने सोचले उनी मुम्बाई पुगेकी थिइन्। उनले केही हिन्दी गीतहरुमा भने अभिनय गरेकी छिन्।
अहिले अदिती पुनः नेपाली फिल्ममा काम गर्ने सोच सहित नेपाल आएकी छिन्। उनी आफ्नो डेब्यु फिल्म निर्देशक सुरेन्द्र पौडेलको नयाँ फिल्ममा काम गर्न नेपाल आएकी हुन्। ‘बेन्जो’ नाम राखिएको उक्त फिल्ममा अदितीले गायक नितेशजंग कुँवरसँग जोडी बाध्नेछिन्। अहिले नितेश र अदिती दुवै फिल्मको वर्कसपमा व्यस्त छन्।
युवा पुस्तामा रुचाइएका गायक नितेशजंगले यसै फिल्मबाट डेब्यु गर्न लागेका हुन्। अदितीले पनि पहिलो फिल्मबाट राम्रो फ्यान कमाएकी छिन्। यी दुईको जोडीलाई पर्दामा हेर्न दर्शक उत्साहित छन्।