दयाहाङ राई स्टारर फिल्म ‘नीरफूल’को प्रदर्शन मिति पुनः हेरफेर भएको छ। अब भने फिल्म चैत्र ७ बाट दर्शकमाझ आउने छ।
यसअघि फिल्म फागुन ३० मा रिलिज हुने घोषणा थियो। त्योभन्दा पहिले ‘नीरफूल’ निर्माण टिमले गत भदौमा समेत प्रदर्शन घोषणा गरेको थियो। यो बीचमा फागुन २३ लाई पनि फिल्मको प्रदर्शन चर्चा गरियो।
रिलिज मिति पटक पटक सारेको विषयमा फिल्मका निर्देशक फूलमान वल भन्छन्, ‘नेपाली फिल्म उद्योगमा आपसी सहकार्यको संस्कार विकास होस् भन्ने हाम्रो चाहना हो। हातेमालो गरेर अघि बढे सबैलाई राम्रो हुन्छ।’
भूकम्पमा परि बिछोडिएको परिवारले पुर्नमिलनको लागि गर्ने संघर्षमा आधारित बताइएको फिल्ममा दयाहाङ राईसँगै बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय छ।