बैशाख २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हिरो रिटर्न्स’को ट्रेलर सार्वजनिक भएको छ। बुधबार एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरमा फिल्ममा मुख्य कलाकारहरुलाई देखाइएको छ। ट्रेलरमा एक्सन, प्रेम र विछोडको कथालाई समेटिएको छ। रेखा थापा र सविन श्रेष्ठको एक्सनलाई ट्रेलरमा विशेष स्थान दिइएको छ।
आशिष भेटवालले निर्देशन गरेको फिल्ममा रेखा र सविनसँगै दिल श्रेष्ठ, सरोज खनालको पनि मुख्य भूमिका रहेको छ।
फिल्ममा शिवम अधिकारीको लेखन, कास्यप घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन, दीपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजले कोरियोग्राफी तथा चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको छ।
‘धुर्व तारा फिल्मस्’ र ‘सोम ओम फिल्मस्’को संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा भिम न्यौपाने र धुर्व न्यौपानेको लगानी छ।