फिल्म ‘मारूनी’लाई लण्डनका दर्शकमाझ प्रदर्शन गरिएको छ। लण्डनका दुई शहरमा फिल्मको प्रदर्शन गरिएको थियो।
दुई शोमा नै दशर्कको उत्साहजनक साथ रहेको निर्मात्री पूनम गौतमले बताइन्। दुबै शो हाउसफुल भएको निर्मात्री पूनमको भनाई छ।
उनले भनिन्, ‘दर्शकको उपस्थितीले त खुसी बनाएको नै थियो, त्यो माथि फिल्मलाई सबैले रुचाउनु भएको छ। त्यसले थप खुसी दिएको छ।’ दर्शकले फिल्मको विषयबस्तु र प्रस्तुतीलाई दशर्कले रुचाएको पूनमले सुनाइन्।
निर्मात्री पूनम गौतम नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको साथमा लण्डन पुगेकी थिइन्। नायिकासँग बसेर फिल्म हेर्न पाउँदा दर्शक पनि खुसी थिए। लण्डनमा ‘चितवन युथ युके’ले शोको आयोजना गरेको थियो।
केशी देशहरुमा फिल्मको प्रदर्शन भइसकेको छ। अझै केही देशहरुमा शो बाकीँ रहेको निर्मात्री पूनमले बताइन्। अब स्कटल्याण्ड, अमेरिका र भारतमा फिल्मको शो पक्का भएको उनले सुनाइन्।
नवल नेपालको निर्देशनमा बनेको ‘मारूनी’मा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङको मुख्य भूमिका रहेको छ।