चैत ७ गते रिलिज हुने भनिएको फिल्म ‘नीरफूल’ले आफ्नो प्रदर्शन मिति हेरफेर गरेको छ। देशमा बढ्दै गएको कोरोनाको त्रासका कारण फिल्मले आफ्नो रिलिज मिति पछाडि सार्ने भएको हो।
फिल्मको नयाँ रिलिज मिति भने तय भइसकेको छैन। आइतबार फिल्मको नयाँ रिलिज मिति सार्वजनिक गरिने निर्देशक फूलमान वलले बताए।
‘नीरफूल’मा दयाहाङ राई, शन्ति वाइवा, बुद्धि तमाङ लगायतको मुख्य भूमिका रहेको छ। फिल्ममा रेखा थापा अतिथी भूमिकामा प्रस्तुत भएकी छिन्।
भुकम्पका कारण टुटेको परिवारको कथा बोल्ने यस फिल्मको पटकथा निर्देशक वल र सचिन घिमिरेले तयार गरेका हुन्।