सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ ले आफ्नो प्रदर्शन स्थगन गरेको छ। विश्वभर फैलिरहेको कोरोनाको त्रासका कारण फिल्मले आफ्नो रिलिज मितिलाई पछाडि सारेको हो।
फागुन ३० गते रिलिज हुने भनिएको यस फिल्म अब भने अनिश्चित समयको लागि पछि सारेको छ। शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै निर्माण पक्षले फिल्म अनिश्चित समयको लागि पछाडि सारेको उल्लेख गरेको छ।
नेपाल सरकार र जिल्ला प्रशासनले मेला-महोत्सव र भिडभाड हुने कार्यक्रम नगर्न सुचना जारी गरिसकेको र फिल्म निर्माता संघले पनि फिल्मको छायांकन रोक्न आग्रह गरेकाले आम मानिसको स्वस्थ्यलाई ध्यानमा राखेर फिल्मलाई स्थगन गरिएको विज्ञप्तीमा उल्लेख छ।
नेपाल सरकारको नयाँ सुचना नआएसम्म फिल्मको नयाँ प्रदर्शन मिति तोकिने छैन्। विज्ञप्तीमा फिल्मलाई कुरेर बसेका दर्शकसँग माफी पनि मागिएको छ। फिल्ममा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ।