लामो समयदेखि प्रेममा रहेकी नायिका आँचल शर्मा बिबाह बन्धनमा बाधिएकी छिन्। बिहिबार प्रेमी उदीप श्रेष्ठसँग आँचलले बिबाह गरेकी हुन्।
काठमाण्डौको एक होटलमा उनीहरुले भव्य रुपमा बिबाह गरेका हुन्। बिबाह समारोहमा आफन्त, साथीभाई र केही चलचित्रकर्मी उपस्थित थिए।
उनीहरुले चैत १ गते पार्टी आयोजना गर्ने योजनाले उनीहरुले कम व्यक्तिलाई बिबाहमा बोलाएका थिए। आँचल र उदीपले गत १२ गते इन्गेजमेन्ट गरेका थिए।
बेहुली बनेकी आँचल तस्विरमा निकै खुसी देखिएकी छिन्। उनले सामाजिक संजालमा केही फोटो सार्वजनिक गर्दै आफू अब पुर्ण रुपमा र सधैको लागि उदीपको भएको लेखेकी छिन्।